प्रचण्डको नाम निजि/सार्वजनिक जग्गा कब्जा CDO सरुवा, सुबोध र कृष्णप्रसाद साप्कोटाको भुमिका संकास्पद ?

चौतारा|| प्रायजसो तनाव हुनेबित्तिकै हान्निएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल उर्फ प्रचण्ड आएर फ्रेश हुने सुकुटे बिच नामले पहिलेदेखी नै चर्चामा रहेको रिसोर्टलाई वन,बगर र सार्वजनिक जग्गा कब्जा गरेको आरोप पहिलेदेखी नै थियो। तर आहिले त्यतिमामात्रै सिमित रहेन त्यो आरोप प्रमाण अर्थात लालपुर्जा र केही दिन अगाडि तिरो तिरेको कागजात सहित एक पिडित परिवार हाम्रो ४ रोपनी जग्गा सुकेटे बिच अर्थात उर्फ महेन्द्र सिंह थापाले प्रचण्डको मान्छे हु भन्दै प्रशासन/सुरक्षा निकायलाई समेत दुरुपयोग गर्दै दुख दिएर डर,धम्की,गिरफ्तार समेट पटकपटक गरेको र जग्गा कब्जा गरेको भन्दै सिन्धु पर्यटन व्यवसायी संघको साथ र सहयोग खोज्दै पिडित परिवारले पत्रकार सम्मेलन नै गरेका छ्न। पिडित परिवार र सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठ पटक पटक नगर प्रमुख कृष्णप्रसाद सप्कोटा आहिलेका सोही क्षेत्रका बहालवाला सांसद माधव साप्कोटा(सुबोध) जिल्लाका प्रहरी प्रमुख (SP ) र (CDO) लाई समेत गएर निवेदन सहित हारगुहार गर्दा समेत सुनुवाइ नभएको बताउछ्न । केहिदिन अगाडि पत्रकार सम्मेलन पश्चात् (CDO) केही मात्रामा सकारात्मक भएका र अब हामिले साथ नपाउने भयौ भन्ने सुइको पाउनेबित्तिकै पिडक महेन्द सिंह थापा र आहिलेका माननीय माधब साप्कोटा र मेयर समेतको साठगाठमा सरुवा गरेको सुचनाहरु छ्त्ताछुल्ल भएको छ। आहिले सुकुटे आसपासका जनता मात्रै नभै सिङ्गो सिन्धुपाल्चोक १ का जनता भु-माफियालाइ जोगाउने खेलमा माननीय नै लागेपछी त्रसित हुँदै हामिले चुनेको जनप्रतिनिधि र हाम्रो अमुल्य मत खेर गयो भन्दै निराश हुँदै पुर्पुरोमा हान्दै बस्न थालेका छ्न।

By adminpress

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.